यहोशूको पुस्तक 7:21 - पवित्र बाइबल21 हामीले यरीहो शहर अनि त्यहाँ भएका सबै वस्तुहरू कब्जा गर्यौं। मैले बाबेलका एउटा सुन्दर कोट, दुइ सय शेकेल ओजनको चाँदी अनि लगभग पचास शेकेल ओजनको सुन देखें। ती वस्तुहरू मैले आफ्नै निम्ति राख्न चाहें। यसकारण मैले ती वस्तुहरू लिएँ। तपाईंले ती वस्तुहरू मेरो पाल मुनि भूइँमा गाढिएको पाउनु हुनेछ। चाँदी, कोटको मुनि छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 जब मैले लूटेको धनमा बेबिलोनिया देशको एक बढ़िया ओढ्ने, दुई सय शेकेल ओजनको चाँदी, र पचास शेकेल ओजनका सुनको एक डण्डा देखें, तब मलाई लोभ लाग्यो, र ती लिएँ। ती मेरो पालको बीचमा जमिनभित्र गाड़िएका छन्, र सबैभन्दा मुनि चाँदी छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 हामीले जफत गरेका थोकहरूमध्ये मैले एउटा सुन्दर, बेबिलोनियामा बनेको खास्टो अनि दुई किलोग्राम जति चाँदी र आधा किलोग्रामभन्दा केही बढ्ता ओजन भएको सुनको डन्डा भेटाएँ। मलाई यति लोभ लाग्यो कि मैले ती कुरा लिएँ। ती मेरो पालमा सबैभन्दा मुनि चाँदी गाडिराखेको तपाईंले भेट्टाउनुहुनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 लुटको मालमा जब मैले बेबिलोनबाटको एउटा सुन्दर लवेदा, दुई सय सेकेलको चाँदी र पचास सेकेलको सुनको टुक्रा देखेँ, तब मलाई लोभ लाग्यो र मैले ती लिएँ। ती मेरो पालभित्र जमिनमुनि गाडिएका छन्। अनि चाँदीचाहिँ सबैभन्दा मुनि छ।” Viz kapitola |