यहोशूको पुस्तक 7:15 - पवित्र बाइबल15 त्यो मानिसले जो हामीले नष्ट गर्नु पर्ने थियो, ती वस्तुहरू राखेकोछ, उसलाई आगोले नष्ट गरिनेछ। अनि त्यस मानिससित भएका हरेक वस्तुहरू त्यो सँगै नष्ट गरिनेछ। त्यो मानिसले परमप्रभुसित भएको करार भङ्ग गर्यो। त्यसले इस्राएलका मानिसहरूका निम्ति अत्यन्त नराम्रो काम गरेको छ।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 अनि जो मानिस अर्पित मालसमेत पक्राउ पर्छ, त्यो र त्यसको साथमा भएका जम्मै आगोमा जलाइनेछन्, किनभने त्यसले परमप्रभुको करार भङ्ग गरेको छ, र त्यसले इस्राएलमा घृणास्पद काम गरेको छ’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 त्यसपछि जुन मानिस छुट्ट्याइन्छ र जोसित ती श्रापित चीजबीज पाइनेछ, त्यो आफ्ना परिवार र सारा सम्पत्तिसमेत आगोमा भस्म गरिनेछ किनभने त्यसले इस्राएलमा एउटा ठूलो लाजको कुरो ल्याएको छ र मसितको करार भङ्ग गरेको छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 अर्पण गरिएका चीजहरूसँग पक्राउ पर्ने व्यक्ति, त्यससँग भएका सबै थोकसँगै आगोद्वारा नष्ट पारियोस्। त्यसले याहवेहको करार भङ्ग गरेको छ; र इस्राएलमा घृणित काम गरेको छ!’ ” Viz kapitola |