यहोशूको पुस्तक 7:14 - पवित्र बाइबल14 “‘भोलि बिहान तिमीहरू सबै परमप्रभुको समक्ष उभिनु पर्छ। सबै कुल समूहहरू परमप्रभुको सामुन्ने खडा हुनुपर्छ। परमप्रभुले कुनै एक कुल समूहलाई चुन्नुहुनेछ। तब त्यो कुल समूह मात्र परमप्रभुको समक्ष उभिने छन्। तब परमप्रभुले त्यस कुल समूहबाट एक सन्तानलाई छान्नु हुनेछ। तब त्यो सन्तानमात्र परमप्रभुको समक्ष उभिनु पर्छ। त्यसपछि परमप्रभुले त्यो सन्तानका प्रत्येक परिवारलाई हेर्नु हुनेछन्। र परमप्रभुले एक मानिसलाई छान्नु हुनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 “‘यसकारण बिहान तिमीहरू आ-आफ्नो कुलअनुसार नजिकै आउनू र जुन कुललाई परमप्रभुले पक्रनुहुन्छ, त्यो सन्तान-सन्तान गरी नजिक आओस्, र जुन सन्तानलाई परमप्रभु पक्रनुहुन्छ, सो परिवार-परिवार गरी नजिक आओस्, र जुन परिवारलाई परमप्रभुले पक्रनुहुन्छ, त्यसबाट एक-एक मानिस गरी नजिक आओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 यसर्थ तिनीहरूलाई भन् कि भोलि बिहान तिनीहरू कुल-कुल भएर अघि आउनेछन्। मैले चुनेको कुल, गोत्र-गोत्रका हिसाबले अघि आउनेछ। त्यहाँबाट मैले चुनेको गोत्र, परिवार-परिवारका हिसाबले अघि आउनेछ। मैले फेरि चुनेका परिवारका मानिसहरू एक-एक जना गरी सामुन्ने आउनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 “ ‘यसकारण बिहानै तिमीहरूले कुल-कुलअनुसार आफूलाई प्रस्तुत गर। याहवेहले छान्नुभएको कुल वंश-वंश गरी अगाडि आओस्। याहवेहले छान्नुभएको वंश परिवार-परिवार गरी अगाडि आओस्; अनि याहवेहले छान्नुभएको परिवार एक-एक जना गरी अगाडि आओस्। Viz kapitola |