यहोशूको पुस्तक 7:11 - पवित्र बाइबल11 इस्राएलका मानिसहरूले मेरो विरूद्ध पाप गरेका छन्। तिनीहरूले करार भङ्ग गरे जो मैले तिनीहरूलाई पालन गर्नु भनी आज्ञा गरेको थिएँ। तिनीहरूले ती केही वस्तुहरू लगे जसलाई मैले नष्ट गर्नु भनी आज्ञा दिएको थिएँ। तिनीहरूले मबाट चोरी गरेका छन्, तिनीहरूले झूटो काम गरेका छन्। तिनीहरूले ती वस्तुहरू आफ्नै निम्ति लगे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 इस्राएलले पाप गरेको छ। जुन करार मैले तिनीहरूसँग बाँधेको थिएँ, सो तिनीहरूले भङ्ग गरेका छन्। नाशको निम्ति अर्पण गरिएका मालबाट तिनीहरूले लिएका छन्। तिनीहरूले चोरी गरेका छन् र झूठो काम गरेर तिनीहरूले ती तिनका आफ्नै मालतालसँग राखेका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 इस्राएलले पाप गरेको छ। मसँग गरेको वाचा जुन तिनीहरूले मान्न भनी मैले आज्ञा दिएको थिएँ, त्यो तिनीहरूले तोडेका छन्। मलाई चढाउन आज्ञा दिइएका थोकहरू केही तिनीहरूले लिएर राखेका छन्। तिनीहरूले ती थोक चोरे, तीबारे ढाँटे र आफ्ना चीजबीजसित एकसाथ राखे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 इस्राएलले पाप गरेको छ। मैले तिनीहरूलाई पालन गर्न दिएको करार भङ्ग गरेका छन्। तिनीहरूले अर्पण गरिएका चीजहरूबाट केही लिएका छन्। तिनीहरूले चोरेका छन्। तिनीहरूले झूट बोलेका छन्। तिनीहरूले ती चीजहरू आफ्नै मालसामानसँग राखेका छन्। Viz kapitola |