यहोशूको पुस्तक 6:26 - पवित्र बाइबल26 त्यस समयमा, यहोशूले यो महत्वपूर्ण शपथ लिए। तिनले भनेः “जो कोही मानिस जसले यरीहोको फेरि निर्माण गर्छ त्यो परमप्रभुद्वारा खतरामा पर्नेछ। जो कसैले यो शहरमा जग बसाल्छ त्यसले आफ्नो सबै भन्दा जेठा छोरा गुमाउने छ। जसले त्यस्ता मानिसद्वारा खडा गर्छ, त्यसले आफ्नो कान्छा छोरा गुमाउने छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 त्यसै समय यहोशूले तिनीहरूलाई शपथ खुवाएर यसो भने, “जो यो यरीहो सहर बनाउन खड़ा हुन्छ त्यो परमप्रभुको अगि श्रापित होस्। “यसको जग बसाल्दा त्यसको जेठो छोरो मर्नेछ, आफ्नो कान्छो छोराको मूल्यमा यसको मूल ढोका बसालिनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 त्यति बेला यहोशूले एउटा ठूलो चेतावनी दिए, “कसैले यरीहो सहरलाई फेरि बनाउने चेष्टा गर्यो भने त्यसमाथि परमप्रभुको सराप पर्नेछ। “जसले त्यसको जग बसाल्छ, त्यसको जेठो छोरो मर्नेछ, जसले त्यसको ढोका बनाउँछ, त्यसको कान्छो छोरो मर्नेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 त्यस बेला यहोशूले यो गम्भीर शपथ खाए: “जसले यो यरीहो सहरलाई पुनर्निर्माण गर्ने जिम्मा लिन्छ, त्यो मानिस याहवेहको सामु श्रापित होस्: “त्यसले यसको जग बसाल्दा, त्यसको जेठो छोरा मर्नेछ; यसका मूलढोकाहरू बनाउँदा, त्यसको कान्छा छोरा मर्नेछ।” Viz kapitola |