यहोशूको पुस्तक 6:25 - पवित्र बाइबल25 यहोशूले राहाब वेश्या, तिनका परिवार अनि तिनीसित भएका अन्य सबै मानिसहरूलाई बचाए। यहोशूले तिनीहरूलाई जीवित रहन दिए किनभने राहाबले ती जासूसी गर्न पठाएका दूतहरूलाई सहयोग गरेकि थिइन्, जसलाई यहोशूले यरीहोमा पठाएका थिए। राहाब इस्राएलका मानिसहरू बीच आजसम्म बस्छिन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 तर राहाब वेश्या, त्यसका बुबाका परिवार र त्यससँग भएका सबै जनालाई यहोशूले बचाइदिए, किनभने यहोशूले यरीहोमा जासूसी गर्न पठाएका दूतहरूलाई त्यसले लुकाएकी थिई। अनि आजसम्म इस्राएलीहरूका बीचमा नै त्यो रहेकी छे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 तर यहोशूले राहाब वेश्या र त्यसका सारा कुटुम्बका प्राण जोगाइदिए किनभने उनले यरीहोमा पठाएका दुई जासूसहरूलाई त्यसले लुकाइदिएकी थिइन्। (आजसम्म तिनका सन्तानले इस्राएलमा बास गरेका छन्।) Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 तर यहोशूले वेश्या राहाब र तिनका परिवार अनि तिनीसँग भएका सबैलाई छोडिदिए। किनकि तिनले यरीहोमा जासुसी गर्न पठाएका मानिसहरूलाई लुकाएकी थिइन्। अनि तिनका सन्तानहरू आजको दिनसम्म पनि इस्राएलीहरूको बीचमा बास गरेका छन्। Viz kapitola |