यहोशूको पुस्तक 6:17 - पवित्र बाइबल17 यो शहर अनि यसमा भएका हरेक थोक परमप्रभुका हुन्। केवल राहाब वेश्या अनि तिनका घरमा भएका सबै मानिसहरू मात्र जीवित रहने छन्। यी मानिसहरूलाई मार्नु हुँदैन किनभने राहाबले ती दुइ गुप्तचरहरूलाई सहयोग गरेकी थिइन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 यो सहर र यसमा भएका सबै थोक नाशको निम्ति परमप्रभुमा अर्पण गरिएको छ। राहाब वेश्या र त्यसका घरमा त्यससँग भएका मात्र बाँच्नेछन्, किनभने हामीले पठाएका जासूसहरूलाई त्यसले लुकाएकी थिई। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 यो सहर र यसमा भएका सबै थोक परमप्रभुलाई चढाएर पूरा नाश पारिनुपर्छ। राहाब वेश्या र त्यसका घर र कुटुम्ब मात्र बचाइनेछन् किनभने त्यसले हाम्रा जासूसलाई लुकाईदिएकी थिई। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 यो सहर र यसमा भएका सबै कुराहरू याहवेहलाई अर्पण गर्नुपर्छ। केवल राहाब वेश्या र उनका घरमा भएका सबै जना मात्र जीवित छोडिनेछन्। किनकि हामीले पठाएका जासुसहरूलाई तिनले लुकाएकी थिइन्। Viz kapitola |