यहोशूको पुस्तक 6:10 - पवित्र बाइबल10 यहोशूले मानिसहरूलाई नकराउनु भनी आदेश दिएका थिए। उनले भने, “नकराऊ। जबसम्म म तिमीहरूलाई भन्दिन त्यस दिनसम्म एउटा शब्द ननिकाल अनि तब कराऊ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तर यहोशूले मानिसहरूलाई यसो भनेर अह्राए, “जुन दिनसम्म म तिमीहरूलाई कराउने आज्ञा दिन्नँ, तिमीहरू नकराउनू, तिमीहरूको सोरै पनि नसुनिओस्, तिमीहरूका मुखबाट पनि केही वचन ननिकाल्नू। मैले कराउनू भनेपछि मात्र कराउनू।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तर यहोशूले आफ्ना मानिसहरूलाई नकराउनू र मैले नभनेसम्म एक वचन पनि नबोल्नू भनी आज्ञा गरेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तर यहोशूले योद्धाहरूलाई यसो भनी आज्ञा दिएका थिए, “मैले तिमीहरूलाई जोरसँग कराउने आज्ञा नदिएसम्म तिमीहरू नकराउनू। तिमीहरूले आवाज ननिकाल्नू। एक शब्द पनि नबोल्नू। त्यसपछि कराउनू!” Viz kapitola |