यहोशूको पुस्तक 5:14 - पवित्र बाइबल14 त्यस मानिसले उत्तर दिए, “म शत्रु होइन। म परमप्रभुको सैनिकहरूका कप्तान हुँ। म भर्खरै तिमी कहाँ आएको छु।” तब यहोशूले भूइँतिर आफ्ना शिर झुकाए। तिनले सम्मान जनाउन यसो गरे। तिनले सोधे, “म तपाईंको सेवक हुँ। के मेरो मालिकबाट मलाई केही सन्देश छ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 अनि उनले भने, “होइन, तर परमप्रभुको फौजको कप्तान भएर म यहाँ आएको हुँ।” तब यहोशूले जमिनमा घोप्टो परेर दण्डवत् गरे, र उनलाई भने, “मेरा प्रभु, आफ्नो दासलाई के भन्नुहुन्छ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 ती मानिसले भने, “म मित्र वा शत्रु कोही होइनँ! परमप्रभुको सेनाको सेनापति भएर म यहाँ आएको छु।” यहोशूले भूइँमा घोप्टो परेर उनलाई दण्डवत् गरे अनि भने, “हजुर, म तपाईंको दास हुँ। मलाई के आज्ञा गर्नुहुन्छ?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तिनले जवाफ दिए, “कसैको पक्षमा पनि होइन। तर म अहिले याहवेहको फौजको सेनापति भएर आएको छु।” तब यहोशू भुइँमा घोप्टो परेर दण्डवत् गर्दै सोधे, “मेरा प्रभु, आफ्नो सेवकका निम्ति के सन्देश छ?” Viz kapitola |