यहोशूको पुस्तक 5:1 - पवित्र बाइबल1 यसरी इस्राएलका मानिहरूले यर्दन नदी पार नगरून्जेल यर्दन नदीलाई सूख्खा पारिदिनु भयो। यर्दन नदीको पश्चिम तर्फ बस्ने एमोरी अनि भूमध्य सागरको छेउमा बस्ने कनानीहरूका राजाहरूले यस विषयमा सुने अनि अत्यन्त भयभीत भए। त्यसपछि तिनीहरू इस्राएलका मानिसहरूको विरूद्ध खड़ा हुन र युद्ध गर्नको लायक साहसी रहन सकेनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 यर्दन वारि पश्चिम तीरका एमोरीहरूका सबै राजाहरूले र समुद्रको नजिकका कनानीहरूका सबै राजाहरूले, इस्राएलीहरूका निम्ति तिनीहरू पार नतरुञ्जेल परमप्रभुले यर्दन नदीको पानी सुकाउनुभयो भन्ने कुरा जब सुने, तब इस्राएलीहरूको डरले गर्दा उनीहरूको हृदय काम्न लाग्यो र उनीहरूमा इस्राएलीहरूको सामना गर्ने साहस रहेन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 परमप्रभुले सारा इस्राएलको मानिसहरू पार नभएसम्म यर्दन नदी सुख्खा पारिदिनुभएको कुरा यर्दनको पश्चिमका सबै एमोरी राजाहरू र भूमध्य सागरको किनारका राजाहरू सबैले सुने। तिनीहरू डराए र इस्राएलीहरूका कारणले आफ्नो साहस हराए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 अनि जब यर्दनको पश्चिमतिर भएका एमोरी राजाहरू र भूमध्य सागरको नजिकका सबै कनानी राजाहरूले, हामीले यर्दन पार नगरेसम्म याहवेहले यर्दनलाई इस्राएलीहरूका अगि कसरी सुकाइदिनुभएको थियो भन्ने कुरा सुने, तब तिनीहरूको हृदय डरले हतोत्साहित भयो। अनि तिनीहरूमा इस्राएलीहरूको सामना गर्ने साहस नै रहेन। Viz kapitola |