यहोशूको पुस्तक 4:8 - पवित्र बाइबल8 यसकारण इस्राएलका मानिसहरूले यहोशूको आज्ञा पालन गरे। तिनीहरूले यर्दन नदीको माझबाट बाह्रवटा ढुङ्गाहरू बोके। इस्राएलका बाह्र कुल समूहका प्रत्येकले एक-एकवटा ढुङ्गा लिए। तिनीहरूले यो काम परमप्रभुले यहोशूलाई आज्ञा गर्नु भए अनुसार गरे। मानिसहरूले ती ढुङ्गाहरू आफूसित बोके। त्यसपछि तिनीहरूले ती ढुङ्गाहरू त्यस स्थानमा राखे जहाँ तिनीहरूले आफ्ना छाउनी खडा गरेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 परमप्रभुले यहोशूलाई भन्नुभएअनुसार यहोशूको आदेश पालन गरेर इस्राएलका कुलको संख्याअनुसार इस्राएलीहरूले यर्दनको बीचबाट ढुङ्गाहरू ल्याए र तिनीहरू बसेका ठाउँमा राखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 ती पुरुषहरूले यहोशूको आज्ञा माने। परमप्रभुले यहोशूलाई आज्ञा गर्नुभएअनुसार तिनीहरूले हरेक इस्राएल कुलैपिच्छे एउटा-एउटा गरेर यर्दनका बीचबाट बाह्र वटा ढुङ्गाहरू लिए र पाल हाल्ने ठाउँमा बोकेर लगी त्यहाँ राखे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 यसकारण यहोशूले इस्राएलीहरूलाई आज्ञा गरेझैँ तिनीहरूले गरे। याहवेहले यहोशूलाई आज्ञा गर्नुभएअनुसार तिनीहरूले इस्राएलका कुलहरूको संख्याअनुसार यर्दनको बीचबाट बाह्र वटा ढुङ्गाहरू बोकेर ल्याए। अनि तिनीहरूले ती ढुङ्गाहरू आफ्ना छाउनीसम्म आफूसँग बोकेर लगे; र त्यहाँ छाउनीमा राखे। Viz kapitola |