यहोशूको पुस्तक 4:5 - पवित्र बाइबल5 यहोशूले ती मानिसहरूलाई भने, “नदीको त्यस ठाउँमा जाऊ जहाँ परमप्रभु तिमीहरूका परमेश्वरको करारको सन्दूक छ। तिमीहरू प्रत्येकले एक-एकवटा ढुङ्गा लिनै पर्छ। इस्राएलका बाह्र कुल समूह प्रत्येक समूहको लागि तिमीहरूले एक-एकवटा ढुङ्गा लेऊ। यी ढुङ्गा तिमीहरूले आफ्नो काँधमा बोक। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 यहोशूले तिनीहरूलाई भने, “तिमीहरू परमप्रभु आफ्ना परमेश्वरका सन्दूकको सामु यर्दन नदीको बीचमा जाओ, र इस्राएलीहरूका कुलको गन्तीअनुसार हरेकले एक-एक वटा ढुङ्गा आफ्नो काँधमा राखेर ल्याओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 “परमप्रभु तिमीहरूका परमेश्वरको करारको सन्दुक अघि यर्दनमा जाओ र प्रत्येक इस्राएली कुलको निम्ति एक-एक वटा ढुङ्गा आ-आफ्ना काँधमा बोकेर ल्याओ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 अनि तिनीहरूलाई भने, “याहवेह तिमीहरूका परमेश्वरको सन्दुकको अगाडि यर्दन नदीको बीचमा जाओ। तिमीहरू हरेकले इस्राएलका कुलहरूको संख्याअनुसार एक-एक वटा ढुङ्गा काँधमा बोकेर ल्याओ। Viz kapitola |