यहोशूको पुस्तक 4:10 - पवित्र बाइबल10 परमप्रभुले यहोशूलाई आज्ञा दिनु भएको थियो कि मानिसहरूलाई भन कि तिनीहरूले के गर्नु पर्छ। ती यी कुराहरू थिए जो मोशा र यहोशूले गर्नैपर्छ भनेका थिए। जबसम्म पवित्र सन्दूक बोकेर पूजाहारीहरू नदीको माझमा उभिरहे तबसम्म ती कुराहरू पूरा भएनन्। मानिसहरू हत्तारिएर नदीपारि गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 मोशाले यहोशूलाई अह्राएअनुसार, मानिसहरूलाई सुनाउनलाई परमप्रभुले यहोशूलाई दिनुभएको आज्ञाका सबै काम पूरा नहोउञ्जेल सन्दूक बोक्ने पूजाहारीहरू यर्दनको बीचमै उभिरहे, र मानिसहरू चाँड़ो-चाँड़ो गरेर पार तरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 मानिसहरूलाई जे-जे गर्न लाउनु भनी परमप्रभुले यहोशूलाई आज्ञा गर्नुभएको थियो, ती सबै पूरा नहुञ्जेलसम्म पूजाहारीहरू यर्दनको बीचमा उभिरहे। मोशाले यहोशूलाई त्यस्तै आज्ञा गरेका थिए। मानिसहरूले हतार-हतार नदी पार गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 याहवेहले यहोशूलाई आज्ञा दिनुभएझैँ मानिसहरूले नगरुन्जेल, सन्दुक बोक्ने पुजारीहरू यर्दनको बीचमा उभिरहे। मोशाले पनि यहोशूलाई त्यस्तै निर्देशन दिएका थिए। अनि मानिसहरूले हतार-हतार गरेर नदी पार गरे। Viz kapitola |