यहोशूको पुस्तक 24:7 - पवित्र बाइबल7 यसकारण मानिसहरूले म परमप्रभुलाई सहायताको निम्ति याचना गरें। अनि तिमीहरू र मिश्रका मानिसहरू बीचमा मैले अन्धकार स्थापित गरें। म परमप्रभुले तिनीहरूलाई समुद्र छोप्न बनाएँ। मैले मिश्रका सेनालाई जे गरें त्यो त तिमीहरू आफैंले देख्यौ। “‘त्यसपछि, तिमीहरू लामो समयसम्म मरुभूमिमा बस्यौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तर तिनीहरूले परमप्रभुलाई पुकारा गरे, अनि उहाँले तिमीहरू र मिश्रदेश वासीहरूका बीचमा अन्धकार पारेर उनीहरूमाथि समुद्र फर्काई उनीहरूलाई डुबाइदिनुभयो। मैले मिश्रदेशमा के गरें, सो तिमीहरूले आफ्ना आँखाले देख्यौ। तब तिमीहरू धेरै दिनसम्म उजाड़-स्थानमा रह्यौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तिनीहरूले मलाई मद्दतको निम्ति पुकारे अनि मैले तिनीहरू र मिश्रीहरूका बीचमा अन्धकार पारें। समुद्र फर्काई मिश्रीहरूलाई मैले डुबाउन लाएँ। मिश्रलाई मैले के गरें, सो तिमीहरूले आफ्नै आँखाले देख्यौ। “धेरै दिनसम्म तिमीहरू उजाड-स्थानमा रह्यौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तर तिनीहरूले सहायताको निम्ति याहवेहसँग पुकार गरे। अनि मैले तिमीहरू र इजिप्टियनहरूको बीचमा अन्धकार पारेँ। मैले समुद्रलाई तिनीहरूमाथि घोप्ट्याइदिएँ; र तिनीहरूलाई डुबाइदिएँ। मैले इजिप्टियनहरूलाई गरेका कुरा तिमीहरूले आफ्नै आँखाले देख्यौ। त्यसपछि तिमीहरू उजाडस्थानमा लामो समयसम्म बस्यौ। Viz kapitola |