यहोशूको पुस्तक 24:27 - पवित्र बाइबल27 त्यसपछि यहोशूले सबै मानिसहरूलाई भने, “यो ढुङ्गाले तिमीहरूलाई आज मैले भनेका कुराहरूको सम्झना गराउनमा सहायता गर्नेछ। जब परमप्रभु आज हामीसित बात गरिरहनु भएको बेला यो ढुङ्गा यहाँ थियो। यसर्थ यो ढुङ्गाले आज के भयो त्यही कुरा तिमीहरूलाई सम्झना गर्न सहायता गर्नेछ। यो ढुङ्गा तिमीहरूको विरूद्ध एउटा साक्षी बन्नेछ। यसले तिमीहरूलाई परमप्रभु तिमीहरूका परमेशवरको विरूद्धमा जान देखि रोक्नेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 यहोशूले सबै मानिसहरूलाई भने, “हेर, यो ढुङ्गा हाम्रा विरुद्धमा साक्षी हुनेछ, किनकि परमप्रभुले हामीलाई भन्नुभएका सबै कुरा यसले सुनेको छ। तिमीहरू आफ्ना परमेश्वरप्रति अविश्वासी भयौ भने त्यो तिमीहरूका विरुद्धमा साक्षी हुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 तिनले मानिसहरूलाई भने, “यो ढुङ्गा हाम्रो साक्षी हुनेछ। परमप्रभुले हामीलाई भन्नुभएको सबै कुरा यसले सुनेको छ। यसकारण यो तिम्रो विरुद्धमा साक्षी रहनेछ। तिमीहरूलाई आफ्ना परमेश्वरको विरुद्धमा जानदेखि रोक्नेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 तिनले सबै मानिसहरूलाई भने, “हेर! यो ढुङ्गा हाम्रो विरुद्धमा साक्षी हुनेछ। याहवेहले हामीलाई भन्नुभएका सबै कुराहरू यसले सुनेको छ। तिमीहरू आफ्ना परमेश्वरप्रति विश्वासयोग्य रहेनौ भने यो तिमीहरूको विरुद्धमा साक्षी हुनेछ।” Viz kapitola |