यहोशूको पुस्तक 24:26 - पवित्र बाइबल26 यहोशूले यी कुराहरू परमेशवरको व्यवस्थाको पुस्तकमा लेखे। तब यहोशूले एउटा विशाल ढुङ्गा भेट्टाए। यो ढुङ्गा त्यो करारको प्रमाण थियो। उनले त्यो ढुङ्गालाई परमप्रभुको पवित्र पालको नजीकै भएको फलाँटको रूख मुनि राखे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 यी सबै कुराहरू यहोशूले परमेश्वरका व्यवस्थाको पुस्तकमा लेखे। अनि तिनले एउटा ठूलो ढुङ्गा लिएर परमप्रभुका पवित्रस्थाननेरका रूखमुनि स्थापना गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 यहोशूले ती आज्ञाहरू परमप्रभुको पवित्र नियमको पुस्तकमा लेखे। त्यसपछि तिनले एउटा ठूलो ढुङ्गा लिएर, फलाँटको रूखमुनि परमप्रभुको पवित्र-स्थानमा खडा गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 अनि यहोशूले ती कुराहरू परमेश्वरको व्यवस्थाको पुस्तकमा लेखे। त्यसपछि तिनले एउटा ठूलो ढुङ्गा लिए। अनि त्यसलाई याहवेहको पवित्र ठाउँको छेउमा फलाँटको रूखमुनि खडा गरे। Viz kapitola |