यहोशूको पुस्तक 24:11 - पवित्र बाइबल11 “‘त्यसपछि तिमीहरू यर्दन नदी पारी यरीहो शहर तर्फ गयौ। यरीहोका मानिसहरू तिमीहरू विरूद्ध लडे। एमोरी, परिज्जी, कनानी, हित्ती, गिर्गाशी, हव्वी अनि यबूसी मानिसहरू पनि तिमीहरू विरूद्ध लडे। तर मैले तिनीहरू सबैलाई तिमीहरूलाई परास्त गर्न दिएँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 “‘त्यसपछि तिमीहरू यर्दन तरेर यरीहोमा आयौ। अनि यरीहोका मानिसहरू, एमोरी, परिज्जी, कनानी, हित्ती, गिर्गाशी, हिव्वी र यबूसीहरूले तिमीहरूसित लड़ाइँ गरे। तर मैले उनीहरूलाई तिमीहरूका हातमा सुम्पिदिएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तिमीहरू यर्दन पार गरी यरीहोमा आयौ। एमोरी, परिज्जी, कनानी, हित्ती, हिव्वी, गिर्गाशी र यबूसीहरू, यरीहोका पुरुषहरू तिम्रा विरुद्धमा लडे। तर मैले तिनीहरू सबैमाथि तिमीहरूलाई विजय दिएँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 “ ‘त्यसपछि तिमीहरू यर्दन पार गरेर यरीहोमा आयौ। अनि यरीहोका मानिसहरूले तिमीहरूको विरुद्धमा युद्ध गरे। तिनीहरूले जस्तै तिमीहरूको विरुद्धमा एमोरीहरू, परिज्जीहरू, कनानीहरू, हित्तीहरू, गिर्गाशीहरू, हिव्वीहरू र यबूसीहरूले पनि युद्ध गरे। तर मैले तिनीहरूलाई तिमीहरूका हातमा सुम्पिदिएँ। Viz kapitola |