यहोशूको पुस्तक 24:1 - पवित्र बाइबल1 यहोशूले इस्राएलका सबै कुल समूहहहरूलाई शकेममा एकसाथ भेला हुन बोलाए। तब उनले बूढा-प्रधानहरू कुलनायकहरू, अनि इस्राएलका अधिकारीहरू, अनि न्यायकर्त्ताहरू र शासकहरूलाई पनि बोलाए। यी मानिसहरू परमेश्वर समक्ष उभिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 तब यहोशूले इस्राएलीहरूका सबै कुललाई शकेममा जम्मा गरेर इस्राएलका धर्म-गुरुहरू, कुलनायकहरू, न्यायकर्ताहरू र अधिकारीहरूलाई बोलाए, र तिनीहरूले आफैलाई परमेश्वरको सामु हाजिर गराए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 यहोशूले इस्राएलका सबै कुलहरूलाई शकेममा एकसाथ भेला गरे। उहाँले इस्राएलका बुढापाका, अगुवा, न्यायकर्ता र भारदारहरूलाई बोलाए र तिनीहरू सबै जना परमेश्वरको सामुन्ने हाजिर भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 तब यहोशूले इस्राएलका सबै कुलहरूलाई शेकेममा भेला गराए। तिनले इस्राएलका प्रधानहरू, अगुवाहरू, न्यायकर्ताहरू र अधिकृतहरूलाई बोलाए। अनि तिनीहरूले आफैँलाई परमेश्वरको सामु उपस्थित गराए। Viz kapitola |