यहोशूको पुस्तक 23:14 - पवित्र बाइबल14 “अब प्रायः मेरो मृत्यु हुने समय भयो। तिमीहरू जान्दछौ अनि साँच्चै विश्वास गर्छौ कि परमप्रभुले तिमीहरूका निम्ति महान कार्यहरू गर्नु भएको छ। तिमीहरूलाई थाहा छ। कि उहाँले आफ्ना कुनै पनि प्रतिज्ञा पूर्ण गर्न चुक्नु भएन। परमप्रभुले सबै प्रतिज्ञा पूर्ण गर्नु भयो जो उहाँले हामीसँग गर्नु भएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 “अब म सबै मानव-जातिले जानुपर्ने बाटो गइरहेछु। परमप्रभु परमेश्वरले तिमीहरूका बारेमा भन्नुभएका सबै असल कुराहरूमा एउटा कुरा पनि फरक परेको छैन। तिमीहरूका निम्ति सबै पूरा भएको छ, र एउटा पनि त्यसबाट फरक परेको छैन भनी तिमीहरूको आफ्नो पूरा हृदय र पूरा प्राणले थाहा पाएकै छौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 “अब मेरो मर्ने बेला आएको छ। तिमीहरू हरेकले आ-आफ्ना हृदय र मनभित्र यो कुरो जान्दछौ कि परमप्रभु तिम्रा परमेश्वरले आफूले प्रतिज्ञा गर्नुभएको हरेक असल कुरो तिमीहरूलाई दिनुभएको छ। उहाँले गर्नुभएको प्रत्येक प्रतिज्ञा पूरा भएको छ, एउटै पनि चुकेको छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 “अब म सारा पृथ्वीको नियमअनुसार जान लागेको छु। याहवेह, तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको उत्तम प्रतिज्ञाहरूमध्ये एउटै पनि अपूरो रहेको छैन भनी आफ्ना सारा हृदय र प्राणले जान्दछौ। हरेक प्रतिज्ञा पूरा भएका छन्। एउटै पनि असफल भएको छैन। Viz kapitola |