यहोशूको पुस्तक 23:13 - पवित्र बाइबल13 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका शत्रुहरूलाई परास्त गर्नमा सहयोह गर्नुहुने छैन। यी मानिसहरू तिमीहरूका निम्ति पासो जस्तै हुनेछन्। तिनीहरूले तिमीहरूलाई तिम्रा आखाँमा धुँवा र धूलो परे जस्तै कष्ट दिनेछन्। अनि तिमीहरूलाई यो उत्तम भूमि छोड्न बाध्य तुल्याउने छन्। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई यो भूमि दिनुभयो। तर यदि तिमीहरूले यो आज्ञा पालन गरेनौ भने तिमीहरूले यसलाई गुमाउन सक्छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 यो निश्चय जान, कि परमप्रभु तिमीहरूका परमेश्वरले ती जातिहरूलाई तिमीहरूका दृष्टिबाट फेरि धपाउनुहुनेछैन, तर परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको यो असल देशबाट तिमीहरू नष्ट नभएसम्म उनीहरू तिमीहरूका निम्ति पासो र जाल, र तिमीहरूका पीठमा कोर्रा, र तिमीहरूका आँखामा काँढ़ा हुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 यो निश्चय जान कि परमप्रभु तिम्रा परमेश्वरले तिमीहरू अघि बढेर जाँदा ती जातिहरूलाई फेरि धपाउनुहुनेछैन। तर, तिनीहरू तिम्रा लागि एउटा पासो वा गहिरो खाल्टोजस्ता डरलाग्दा हुनेछन् र तिम्रा पिठ्युँ कोर्राझैँ तथा आँखामा काँडा परेझैँ दु:खदायक हुनेछन्। अनि परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूलाई दिनुभएको यस असल ठाउँबाट तिमीहरू सबै ननासिएसम्म यो कुरो भइरहनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 यो निश्चय जानिराख—याहवेह तिमीहरूका परमेश्वरले यी जातिहरूलाई तिमीहरूका सामुबाट धपाउनुहुनेछैन। बरु जबसम्म याहवेह तिमीहरूका परमेश्वरले दिनुभएको यस असल देशबाट तिमीहरू नष्ट हुँदैनौ, तबसम्म तिनीहरू तिमीहरूका निम्ति फन्दा र पासो हुनेछन्। यसकासाथै तिमीहरूका पिठिउँमा कोर्रा र तिमीहरूका आँखामा काँडासरह बन्नेछन्। Viz kapitola |