यहोशूको पुस्तक 22:31 - पवित्र बाइबल31 यसकारण पूजाहारी पीनहासले भने, “अब हामीलाई थाहा भयो कि परमप्रभु हामीसँग हुनुहुन्छ। अनि हामी जान्दछौं कि तिमीहरू उहाँको विरूद्ध गएनौं। हामी खुशी छौं कि इस्राएलका मानिसहरू परमप्रभुद्वारा दण्डित हुने छैनन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 अनि एलाजार पूजाहारीका छोरा पीनहासले रूबेनका, गादका र मनश्शेका सन्तानलाई यसो भने, “परमप्रभु हाम्रा साथमा हुनुहुँदोरहेछ भन्ने आज हामीले थाहा पायौं, किनकि तिमीहरूले परमप्रभुको विरुद्धमा यो विश्वासघात गरेका रहेनछौ। अब भने तिमीहरूले इस्राएलीहरूलाई परमप्रभुको हातबाट जोगाएका छौ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 पूजाहारी एलाजारको छोरो पीनहासले तिनीहरूलाई भने, “परमप्रभु हामीसित हुनुहुन्छ भनी अब हामीले थाहा पायौं। तिमीहरूले उहाँसित विद्रोह गरेका छैनौ र इस्राएलका मानिसहरूलाई परमप्रभुको दण्डबाट बचाएका रहेछौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 अनि पुजारी एलाजारका छोरा पीनहासले रूबेनीहरू, गादीहरू र मनश्शेहरूलाई भने, “आज हामी जान्दछौँ कि याहवेह हामीसँग हुनुहुन्छ। किनकि यस विषयमा तिमीहरूले याहवेहप्रति विश्वासघात गरेका छैनौ। अब तिमीहरूले इस्राएललाई याहवेहको हातबाट छुटाएका छौ।” Viz kapitola |