यहोशूको पुस्तक 22:30 - पवित्र बाइबल30 पूजाहारी पीनहास अनि तिनीसित भएका अगुवाहरूले रूबेन, गाद अनि मनश्शेका आधा कुल मानिसहरूले भनेका यी कुराहरू सुने। यी मानिसहरूले सत्यकुरा भन्दैछन् भनी तिनीहरू सन्तुष्ट भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 जब पीनहास पूजाहारीले र तिनीसँग भएका इस्राएलीका कुलनायकहरूले रूबेनका, गादका र मनश्शेका सन्तानले भनेका कुरा सुने, तब तिनीहरू प्रसन्न भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 पूजाहारी पीनहास र तिनीसँग भएका पश्चिमी कुलका परिवारहरूका प्रधान, जो समाजका दश जना मुख्य मानिसहरू थिए, रूबेन, गाद र पूर्वी मनश्शेका कुलका कुरा सुनी सन्तुष्ट भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 जब पुजारी पीनहास र तिनीसँग भएका समुदायका अगुवाहरू र इस्राएलका वंशहरूका मुखियाहरूले रूबेनका, गादका र मनश्शेहरूले भन्न चाहेका कुरा सुने, तब तिनीहरू प्रसन्न भए। Viz kapitola |