यहोशूको पुस्तक 22:22 - पवित्र बाइबल22 “परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ, फेरि पनि हामी भन्छौ, कि परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ। अनि हामीले किन यो काम गर्यौ त्यो परमेश्वरले जान्नु हुन्छ। हामी चाहन्छौं कि तिमीहरूले पनि यो जान्नुपर्छ। तिमीहरूले न्याय गर्न सक्छौ, हामीले के गर्यौं। यदि हामीले केही गल्ती गर्यौं भनी तिमीहरू विश्वास गर्छौ भने, तिमीहरूले हामीलाई मार्न सक्छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 “सर्वशक्तिमान् परमेश्वर, हो, परमप्रभु सर्वशक्तिमान् परमेश्वर, उहाँ नै जान्नुहुन्छ, र इस्राएलले जानून्। यदि हामीले बागी भएर परमप्रभुको विरुद्धमा अपराध गरेका रहेछौं भने, आज हामीलाई जीवित नराख। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 “परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ! उहाँ परमप्रभु हुनुहुन्छ! परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ! उहाँ परमप्रभु हुनुहुन्छ! उहाँले जान्नुहुन्छ कि किन हामीले यो काम गर्यौं र हामी चाहन्छौं कि त्यो तिमीहरूले पनि जान! यदि हामीले विद्रोह गरेर परमप्रभुसित विश्वास राखेका छैनौं भने हामीलाई अब जीवित रहन नदेओ! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 सर्वशक्तिमान्, परमेश्वर, याहवेह! सर्वशक्तिमान्, परमेश्वर, याहवेह! उहाँले जान्नुहुन्छ! अनि इस्राएलले पनि जानोस्! यो याहवेहको विरुद्ध विद्रोह अर्थात् अनाज्ञाकारिता हो भने आज हामीलाई बाँकी नराख्नुहोस्! Viz kapitola |