यहोशूको पुस्तक 22:18 - पवित्र बाइबल18 अनि अहिले तिमीहरू त्यही कुरा गरिरहेछौ। तिमीहरू परमप्रभुको विरूद्ध भइरहेछौ। के तिमीहरू परमप्रभुको अनुशरण गर्न अस्वीकार गर्छौ? यदि तिमीहरूले जे गरिरहेछौ त्यो रोकेनौं भने परमप्रभु इस्राएलका परमेश्वर हामी हरेक मानिस प्रति क्रोधित हुनुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 के आज फेरि तिमीहरू परमप्रभुदेखि टाढ़ा जाँदैछौ? “‘आज तिमीहरू परमप्रभुको विरुद्धमा बागी भयौ भने, भोलि इस्राएलको सारा समुदायसित उहाँ रिसाउनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 के अब तिमीहरू उहाँलाई मान्न अस्वीकार गर्ने? आज तिमीहरू परमप्रभुको विरुद्धमा विद्रोह गर्छौ भने भोलि इस्राएलका हरेक व्यक्तिसँग उहाँ रिसाउनुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 अनि के अब तिमीहरू याहवेहदेखि तर्किरहन्छौ? “ ‘यदि तिमीहरू याहवेहको विरुद्धमा आज बागी भयौ भने भोलि उहाँ इस्राएलका सम्पूर्ण समुदायसँग क्रोधित हुनुहुनेछ। Viz kapitola |