यहोशूको पुस्तक 10:40 - पवित्र बाइबल40 यसरी यहोशूले पहाडी देश, नेगेब, पश्चिमी तराई, अनि पूर्वी तराईका शहरका सबै राजाहरूलाई परास्त गरे। परमप्रभु इस्राएलका परमेश्वरले यहोशूलाई सबै मानिसहरूलाई मारिदिनु भन्नु भएको थियो। यसर्थ यहोशूले ती स्थानहरूमा कसैलाई पनि जीवित छाडेनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण40 यसरी यहोशूले सबै देश, अर्थात् पहाड़ी क्षेत्र, नेगेव भनिने दक्षिण देश, तराई र पहाड़ र त्यहाँका सबै राजाहरूलाई समेत परास्त गरे। तिनले एउटालाई पनि बाँकी राखेनन्। परमप्रभु इस्राएलका परमेश्वरको आज्ञाबमोजिम सास फेर्ने जति सबैलाई तिनले नाश पारे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 यहोशूले सारा देश आफ्ना अधिकारमा लिए। तिनले पहाडी देश, पूर्वका भिरालो भूमि र पश्चिमका पहाडका फेदीमा भएका र दक्षिणका सुक्खा इलाकाका राजाहरूलाई जिते। तिनले कसैलाई छोडेनन्, सबै जनालाई मारे। परमप्रभु इस्राएलका परमेश्वरले त्यही आज्ञा दिनुभएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण40 यसरी यहोशूले पहाडी मुलुक, दक्षिणी भाग, पश्चिमी फेदी, पर्वतीय पाखाहरू र त्यहाँका सबै राजाहरू लगायत सम्पूर्ण इलाकालाई अधीनमा पारे। तिनले एउटैलाई पनि जीवित छोडेनन्। याहवेह इस्राएलका परमेश्वरले आज्ञा गर्नुभएझैँ, तिनले सास हुने सबैलाई पूर्ण रूपमा नाश गरे। Viz kapitola |