Online Bible

- Reklamy -




यहोशूको पुस्तक 10:39 - पवित्र बाइबल

39 तिनीहरूले त्यो शहर, त्यसका राजा अनि दबीर नजिकका सबै ससाना शहरहरू अधीनमा लिए। तिनीहरूले त्यस शहरमा भएका हरेक मानिसलाई मारे। कसैलाई पनि जीवित छाडिएन। इस्राएलका मानिसहरूले दबीर अनि त्यसका राजालाई त्यसै गरे जस्तो तिनीहरूले हेब्रोन अनि त्यहाँका राजालाई गरेका थिए। यो त्यस्तै कुरा थियो जस्तो तिनीहरूले लिब्ना अनि त्यसका राजाप्रति गरेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

39 तिनीहरूले त्‍यसलाई, त्‍यसका राजालाई र त्‍यसका सारा गाउँहरूलाई कब्‍जा गरे, र तिनीहरूले उनीहरूलाई तरवारले नाश गरे। त्‍यसमा भएका सबै मानिसलाई नाश पारे। तिनले कसैलाई पनि बाँकी राखेनन्‌। तिनीहरूले हेब्रोन र लिब्‍ना तथा त्‍यहाँका राजालाई गरेझैँ, दबीर र त्‍यसका राजालाई पनि गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

39 त्‍यो राजासहित कब्‍जामा लिए र छेउछाउका सबै सहरहरू पनि कब्‍जा गरे। त्‍यहाँ भएका सबै मानिसहरूलाई तिनीहरूले मारे। जसरी हेब्रोन र लिब्‍ना र त्‍यहाँका राजाहरूलाई गरेथे, त्‍यसरी नै यहोशूले दबीर र त्‍यसका राजालाई पनि गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

39 तिनीहरूले त्यस सहरलाई त्यसका राजालाई र त्यसका गाउँहरूलाई कब्जामा लिए। अनि तिनीहरूलाई पूर्ण रूपमा तरवारले नष्‍ट गरे। तिनीहरूले एउटैलाई पनि जीवित छोडेनन्। तिनीहरूले हेब्रोन र लिब्ना तथा त्यहाँका राजाहरूलाई गरेजस्तै, दबीर र त्यसका राजालाई पनि त्यस्तै गरे।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 10:39

Následuj nás:

Reklamy


Reklamy