यहोशूको पुस्तक 10:37 - पवित्र बाइबल37 तिनीहरूले हेब्रोन नजिकका सबै स-साना शहरहरू कब्जा गरे। इस्राएलीहरूले त्यस शहरका राजा अनि सबै मानिसहरूलाई मारिदिए। एकजना मानिसलाई पनि जीवित राखेनन्। यो त्यस्तै भयो जस्तो तिनीहरूले एग्लोन प्रति गरेका थिए। तिनीहरूले शहरलाई ध्वंश पारे त्यहाँ जो थिए सबै मारिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 तिनीहरूले त्यो सहर कब्जा गरे, र त्यसलाई र त्यसका राजालाई, र त्यसका सबै गाउँहरू र तिनमा भएका सबै मानिसहरूलाई तरवारले नाश गरे। तिनीहरूले कसैलाई पनि बाँकी राखेनन्। एग्लोनमा झैँ तिनीहरूले त्यसलाई र त्यसमा भएका सबैलाई पूर्ण रूपले ध्वस्त पारे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 तिनीहरूले त्यस सहरलाई कब्जामा लिए। अनि त्यसका राजालाई समेत त्यसका गाउँहरू, र त्यसमा भएका हरेकलाई तरवारले नष्ट गरे। तिनीहरूले एउटैलाई पनि जीवित छोडेनन्। एग्लोनलाई गरेजस्तै, तिनीहरूले त्यसलाई र त्यसमा भएका हरेकलाई नष्ट गरे। Viz kapitola |