यहोशूको पुस्तक 10:28 - पवित्र बाइबल28 त्यसदिन यहोशूले मक्केदालाई परास्त गरे। यहोशूले त्यस शहरका राजा र प्रजा सबैलाई मारि दिए। त्यहाँ मानिसहरू कोही जीवित छाडिएन। यहोशूले यरीहोका राजा प्रति जे गरेका थिए त्यस्तै मक्कैदाका राजा प्रति गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 अनि त्यही दिन यहोशूले मक्केदा कब्जा गरे, र त्यसलाई र त्यसका राजालाई समेत तरवारले नाश गरे। तिनले त्यसमा भएका सबै मानिसहरूलाई नाश गरे, र कसैलाई पनि बाँकी राखेनन्। तिनले यरीहोका राजालाई गरेजस्तै मक्केदाका राजालाई पनि गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 त्यस दिन यहोशूले हमला गरी मक्केदा र त्यसका राजालाई कब्जा गरे। सहरमा भएका हरेकलाई तिनले मारे, कोही जिउँदो छोडिएन। तिनले यरीहोका राजालाई गरेझैँ मक्केदाका राजालाई पनि गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 त्यस दिन यहोशूले मक्केदा कब्जा गरे। तिनले सहर र त्यस देशका राजालाई तरवारद्वारा परास्त गरे। अनि त्यहाँ भएका हरेक मानिसहरूलाई पूर्ण रूपले नष्ट गरे। तिनले एक जनालाई पनि जीवित छोडेनन्। अनि तिनले यरीहोको राजालाई गरेजस्तै, मक्केदाको राजालाई पनि त्यस्तै गरे। Viz kapitola |