यहोशूको पुस्तक 10:19 - पवित्र बाइबल19 तर तिमीहरू स्वयं त्यहाँ नबस। शत्रुलाई खेद्न जारिराख। तिनीहरूलाई लगातार पछिबाट आक्रमण गर। शत्रुलाई तिनीहरूका शहरमा फर्केर जान नदेऊ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई तिनीहरू माथि विजय प्रदान गराउनु भएको छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तर तिमीहरूचाहिँ नपर्ख, आफ्ना शत्रुलाई पछिपछि खेद, उनीहरूलाई पछिल्तिरबाट आक्रमण गर। उनीहरूलाई उनका सहरहरूमा प्रवेश गर्न नदेओ, किनकि परमप्रभु तिमीहरूका परमेश्वरले उनीहरूलाई तिमीहरूका हातमा सुम्पनुभएको छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तर तिमीहरू आफैं त्यहाँ नबस। शत्रुको पछि लागिरह र पछिबाट तिनीहरूमाथि आक्रमण गर। तिनीहरूलाई आफ्ना सहरमा पुग्न नदेओ! परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूलाई तिनीहरूमाथि विजय दिनुभएको छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तर तिमीहरू भने त्यहाँ नरोकिनू। तिमीहरूले शत्रुहरूलाई खेदेर पछिल्तिरबाट आक्रमण गर्नू र तिनीहरूलाई तिनीहरूका सहरमा पुग्न नदिनू। किनकि याहवेह तिमीहरूका परमेश्वरले तिनीहरूलाई तिमीहरूको हातमा सुम्पिदिनुभएको छ।” Viz kapitola |