Online Bible

- Reklamy -




यहोशूको पुस्तक 1:15 - पवित्र बाइबल

15 परमप्रभुले तिमीहरूलाई विश्राम गर्नका निम्ति एक स्थान दिनु भएकोछ। अनि तिम्रा दाज्यू-भाइहरूका निम्ति पनि उहाँले त्यसै गर्नु हुनेछ। तर तिमीहरूले तिनीहरूलाई त्यस बेलासम्म सहायता गर्नु पर्छ, जबसम्म तिनीहरूले त्यो भूमि प्राप्त गर्ने छैनन्। जुन परमप्रभु तिनीहरूका परमेश्वरले तिनीहरूलाई दिनु हुँदैछ। तब तिमीहरूको आफ्नै देश, यर्दन नदीको पूर्व तर्फर्को देशमा फर्की आउँन सक्छौ। परमप्रभुको दास मोशाले त्यो भूमि तिमीहरूलाई दिनु भएको छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 अनि जबसम्‍म तिमीहरूलाई झैँ परमप्रभुले उनीहरूलाई पनि विश्राम दिनुहुन्‍न र परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने देश उनीहरूले जबसम्‍म अधिकार गर्नेछैनन्‌ तिमीहरूले उनीहरूलाई मदत गर्नुपर्छ। त्‍यसपछि परमप्रभुका दास मोशाले यर्दन वारि पूर्वतिर तिमीहरूलाई दिएको देशमा फर्केर त्‍यसको अधिकार गर्न सक्‍नेछौ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 परमप्रभु तिम्रा परमेश्‍वरले दिनुभएको यर्दनको पश्‍चिमपट्टिको देश कब्‍जा नगरेसम्‍म तिनीहरू अघि-अघि जानेछन्। उहाँले इस्राएलका सारा कुललाई सुरक्षित पार्नुभएपछि मात्र तिमीहरू फर्केर परमप्रभुका सेवक मोशाले तिमीहरूलाई यर्दनका पूर्वमा दिएका आफ्‍नो देशमा बसोबास गर्न सक्‍नेछौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 याहवेहले तिमीहरूलाई विश्राम दिनुभएझैँ, उहाँले तिमीहरूका दाजुभाइहरूलाई विश्राम नदिनुभएसम्म र याहवेह तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई दिनुहुने देशमा तिनीहरूले पनि अधिकार नगरेसम्म तिमीहरूले तिनीहरूलाई सहायता गर्नुपर्नेछ। त्यसपछि तिमीहरू याहवेहका सेवक मोशाले यर्दनको पूर्वपट्टि घाम झुल्कनेतिर तिमीहरूलाई दिएको भूमिमा फर्केर जान सक्छौ, र आफ्नो भूमिमा बसोबास गर्न सक्नेछौ।”

Viz kapitola kopírovat




यहोशूको पुस्तक 1:15

Následuj nás:

Reklamy


Reklamy