Online Bible

- Reklamy -




योनाको पुस्तक 1:3 - पवित्र बाइबल

3 योनाले परमेश्वर को कुरा मानेनन्। यसकारण योना परमप्रभुबाट टाढा कतै भाग्ने प्रयास गरे। त्यसैले उनी यापो तिर गए। योना एउटा जहाजमा चढे जुन तर्शिशतिर जाँदै थियो। योनाले आफ्नो यात्राको निम्ति पैसा दियो अनि जहाजभित्र गएर बस्यो। योनाको इच्छा थियो कि उनी त्यो जहाजमा अरू मानिसहरूसितै तर्शिश जाने अनि परमप्रभुबाट कतै टाढा भाग्ने।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तर योना परमप्रभुबाट भागे र तर्शीशतिर लागे। तिनी तल योप्‍पा सहर गए, र त्‍यहाँ तिनले तर्शीशमा जाने एउटा जहाज भेट्टाए। परमप्रभुबाट भाग्‍न तर्शीश जानलाई जहाजमा भाड़ा दिएर तिनी चढ़े।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 तर योना परमप्रभुदेखि भाग्‍न विपरीत दिशातिर लागे। उनी योप्‍पा सहरमा पुगे र त्‍यहाँ तर्शीशमा जाने एउटा जहाज भेट्टाए। तर्शीश जानलाई भाडा तिरेर तिनी जहाजमा चढे। तर्शीशमा परमप्रभुदेखि टाढा हुनेछु भन्‍ने उनको विचार थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तर योना याहवेहदेखि भाग्न विपरीत दिशा तर्शीशतिर लागे। तिनी तल जोप्पा सहरमा गए, जहाँ तिनले तर्शीशतिर जाने एउटा जहाज भेट्टाए। जहाजको भाडा तिरे, र याहवेहदेखि भाग्न तिनी जहाजमा चढेर तर्शीशतिर लागे।

Viz kapitola kopírovat




योनाको पुस्तक 1:3

Následuj nás:

Reklamy


Reklamy