Online Bible

- Reklamy -




योएलको पुस्तक 3:16 - पवित्र बाइबल

16 परमप्रभु परनेश्वर सियोनबाट गर्जनु हुनेछ। उहाँ यरूशलेमबाट गर्जनु हुनेछ। आकाश र पृथ्वी थरथर काँप्ने छ, तर परमप्रभु उहाँका मानिसहरूका निम्ति शरणस्थान हुनुहुनेछ। एउटा सुरक्षित स्थान इस्राएलका बासिन्दाका निम्ति हुनुहुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 परमप्रभु सियोनबाट गर्जनुहुनेछ, र यरूशलेमबाट उहाँले आफ्‍नो उच्‍च सोर सुनाउनुहुनेछ। आकाश र पृथ्‍वी थरथर काम्‍नेछन्, तर परमप्रभु आफ्‍नो प्रजाको निम्‍ति शरणस्‍थान, इस्राएलका मानिसहरूका निम्‍ति गढ़ हुनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 परमप्रभु सियोन डाँडाबाट गर्जनुहुन्‍छ। यरूशलेमबाट उहाँको सोर मेघको गर्जनझैँ सुनिन्‍छ, आकाश र पृथ्‍वी थरथर काँप्‍छन्। तर उहाँले आफ्‍ना प्रजाको रक्षा गर्नुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 सियोनको पर्वतदेखि याहवेह गर्जनुहुनेछ, र उहाँ यरूशलेमको सहरबाट पनि गर्जनुहुन्छ; पृथ्वी र आकाश थरथर काम्नेछन्। तर याहवेह आफ्ना मानिसहरूका निम्ति शरणस्थान र इस्राएलका मानिसहरूका निम्ति एउटा बलियो किल्‍ला हुनुहुनेछ।

Viz kapitola kopírovat




योएलको पुस्तक 3:16

Následuj nás:

Reklamy


Reklamy