अय्यूब 1:8 - पवित्र बाइबल8 तब परमप्रभुले शैतानलाई भन्नुभयो, “तैंले मेरो दास अय्यूबलाई देखिस्? यस पृथ्वीमा ऊ जस्तो कुनै मानिस छैन। अय्यूब एक असल र ईमान्दार मानिस छ। ऊ परमेश्वरको आराधना गर्छ र नराम्रा कामहरूदेखि सधैँ टाडो रहन्छन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तब परमप्रभुले शैतानलाई सोध्नुभयो, “के तैंले मेरो दास अय्यूबलाई याद गरिस्? परमेश्वरको डर राख्ने र दुष्ट कामबाट अलग रहने त्यो जस्तो निर्दोष र सोझो मानिस पृथ्वीमा अरू कोही छैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 परमेश्वरले सोध्नुभयो, “के तैँले मेरो सेवक अय्यूबलाई देखिस्? पृथ्वीमा त्योजस्तो सोझो र असल मानिस कोही छैन। त्यसले मलाई पुज्दछ र खराब कामबाट होशियारसाथ जोगिएर बस्दछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तब याहवेहले शैतानलाई सोध्नुभयो, “के तैँले मेरो सेवक इयोबलाई विचार गरिस्? पृथ्वीमा ऊजस्तो अरू कोही पनि छैन; निर्दोष र धर्मी मानिस, परमेश्वरको डर मान्ने र दुष्टतादेखि टाढा रहने अरू मानिस छँदैछैन।” Viz kapitola |