Online Bible

- Reklamy -




अय्‍यूब 1:5 - पवित्र बाइबल

5 तिनीहरूको भोजपछि अय्यूबले तिनीहरूलाई बोलाउन पठाउँथे र परमप्रभुप्रति समर्पित गराउँथे। उसले यो काम बिहान चाँडै उठेर र प्रत्येक नानीहरूका लागि एउटा बलि चढाएर गर्थे। अय्यूबले यस्ते गरे किनभने उनी आफैंले सोच्थे, “हुनसक्छ असावधानीको कारण मेरो छोरा र छोरीहरूले गुप्त तरिकारले केही गल्ती गरेर परमेश्वरलाई सरापे।” अय्यूबले यी सबै सधैँ गर्ने गर्थे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 भोज दिने क्रम सिद्धिएपछि अय्‍यूबले आफ्‍ना छोराछोरीहरूलाई बोलाएर शुद्ध बनाउने गर्थे। तिनी बिहान सबेरै उठी तिनीहरू प्रत्‍येकको निम्‍ति यो विचारले एउटा-एउटा होमबलि चढाउथे, “शायद मेरा छोराछोरीले पाप गरे होलान्‌ र परमेश्‍वरलाई आफ्‍ना हृदयमा सरापे होलान्‌।” अय्‍यूबले सधैँ यसै गर्थे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 भोज भएको भोलिपल्‍ट अय्‍यूब बिहानै उठ्थे र आफ्‍ना प्रत्‍येक छोरा-छोरीका नाउँमा होमबलि चढाउँथे। उनले त्‍यसरी आफ्‍ना सन्‍तानलाई चोख्‍याउने गर्थे। सायद कोही छोरा वा छोरीले अनजानमा परमेश्‍वरको अपमान गरेर पाप पो गरिहाल्‍यो कि भनी उनले त्‍यसो गर्ने गर्थे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 जब भोजको कार्यक्रम सकिन्थ्यो, तब इयोबले आफ्ना सन्तानहरूलाई बोलाउँथे, र तिनीहरूलाई शुद्ध पार्ने गर्दथे। तिनी बिहान सबेरै उठेर तिनीहरू हरेकका निम्ति होमबलिहरू चढाउँथे; किनकि तिनले यो सोच्थे, “सायद मेरा छोराछोरीहरूले पाप गरे होलान् अथवा कतै तिनीहरूले आफ्ना हृदयमा परमेश्‍वरलाई सरापे पो होलान् कि।” यसो भनेर इयोबले सधैँ यस्तै गर्नेगर्थे।

Viz kapitola kopírovat




अय्‍यूब 1:5

Následuj nás:

Reklamy


Reklamy