यर्मिया 9:18 - पवित्र बाइबल18 ‘तिनीहरूले हतार गरून र हाम्रा निम्ति रोइदिउन। तब हाम्रा आँखाहरू आँसूले भरिनेछन्, अनि पानीका मुहानहरू बाहिर आउनेछन्।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तिनीहरू चाँड़ै आऊन्, र हाम्रा निम्ति विलाप गरिदेऊन्, जबसम्म हाम्रा आँखाभरि आँसु हुँदैन, र हाम्रा परेलाबाट आँसुको धारा छुट्दैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 मानिसहरूले भने, “अब चाँडो गरेर, हाम्रा आँखाबाट आँशु नझरेसम्म रोएका आँखा नसुनिएसम्म हाम्रा निम्ति एउटा शोकको गीत गाइदिन तिनीहरूलाई बोलाओ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तिनीहरू चाँडै आऊन्, र हाम्रा आँखाबाट आँसुका भलहरू र हाम्रा आँखाको परेलाबाट पानीको धारा नबगेसम्म हाम्रा निम्ति विलाप गरिदेऊन्। Viz kapitola |