यर्मिया 8:7 - पवित्र बाइबल7 आकाशमा उड्ने चरा-चुरूङ्गीहरूले पनि आफ्नो ठीक समय जान्दछन्, अनि साँरस, ढुकुर, गौंथली कर्याङ्ग-कुरूङ्गहरूले, आफ्नो नयाँ घरमा जाने समय जान्दछन्, तर मेरा मानिसहरू जान्दैनन्, परमेश्वरले उनीहरूबाट के चाहनु हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 आकाशका सारस पनि आफ्नो ऋतु जान्दछ, अनि ढुकुर, गौँथली र सारिका चराले आफ्नो फर्कने समय जान्दछ। तर मेरो प्रजाले त आफ्ना परमप्रभुका मागहरूलाई जान्दैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 सारसले पनि घर फर्कने बेला जान्दछ। ढुकुर, गौंथली र कर्याङकुरुङ चराले पनि बसाइँ सर्ने समय भएको थाहा पाउँदछन् तर मेरा प्रजाले मेरा शासन विधि जान्दैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 आकाशका सारसले पनि आफ्नो तोकिएको ऋतुहरू जान्दछ; अनि ढुकुर, गौँथली र मैनाले पनि आफ्नो बसाइँ सर्ने समय जान्दछन्, तर मेरा मानिसहरूले याहवेहले आज्ञा गर्नुभएका कुराहरू पालन गर्न जान्दैनन्। Viz kapitola |