यर्मिया 8:13 - पवित्र बाइबल13 “परमप्रभुले भन्नुभयो, ‘म तिनीहरूका अन्नबलि लैजानेछु। तिनीहरूका झ्याङमा एउटै पनि अङ्गुर रहनेछैन, नेभाराको बोटमा एउटै पनि फल रहने छैन। पातहरू पनि ओइलिनेछन र सूख्खा हुनेछन्। मैले दिएका प्रत्येक वस्तु लैजानेछु।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 “‘म तिनीहरूका फसल लैजानेछु, परमप्रभु भन्नुहुन्छ। दाखको बोटमा दाख हुनेछैन, न त अञ्जीरको बोटमा अञ्जीर हुनेछ। तिनका पातहरू पनि ओइलाइहाल्नेछन्। मैले तिनीहरूलाई दिएको पनि तिनीहरूदेखि खोसिनेछ’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 “मानिसहरूले अन्न बटुलेझैँ म मेरा प्रजालाई बटुल्न चाहन्थें तर तिनीहरू दाखबिनाका दाखका बोटहरू र फलबिनाका नेभाराका बोटहरूझैँ छन्। तिनीहरूका पातहरूसमेत सुकिसकेका छन्। यसकारण मैले तिनीहरूलाई जे जति दिएँ, ती सबै तिनीहरूका हातबाट खोसिए।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 “ ‘याहवेह घोषणा गर्नुहुन्छ: म तिनीहरूका फसलहरू लैजानेछु। दाखका बोटहरूमा अङ्गुरहरू हुनेछैनन्। नेभाराको बोटमा फल हुनेछैन; अनि तिनीहरूका पातहरू ओइलाउनेछन्। मैले तिनीहरूलाई जे जति दिएको छु, ती तिनीहरूबाट खोसिनेछन्।’ ” Viz kapitola |