यर्मिया 7:23 - पवित्र बाइबल23 मैले केवल तिनीहरूलाई आज्ञा दिएँ, ‘मेरो आज्ञा पालन गर अनि म तिमीहरूको परमेश्वर हुनेछु अनि तिमीहरू मेरो मानिसहरू हुनेछौ तिमीहरूको हितका निम्ति मेरा सबै आज्ञाहरू पालन गर।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 तर मैले तिनीहरूलाई यो आज्ञा दिएको थिएँ: मेरो आज्ञापालन गर, र म तिमीहरूका परमेश्वर हुनेछु, र तिमीहरूचाहिँ मेरा प्रजा हुनेछौ। जुन मार्गका विषयमा म तिमीहरूलाई आज्ञा गर्दछु ती सबैमा हिँड, ताकि तिमीहरूको भलो होस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 तर मैले तिमीहरूलाई यसो भनेको थिएँ, मेरो कुरा मान र मेरो आज्ञाअनुसार आफ्ना जीवन बिताओ। त्यसो भए तिमीहरूलाई भलाइ हुनेछ, म तिमीहरूका परमेश्वर हुनेछु र तिमीहरू मेरा प्रजा हुनेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 तर मैले तिनीहरूलाई यो आज्ञा दिएँ: मेरा आज्ञापालन गर, र म तिमीहरूका परमेश्वर हुनेछु; अनि तिमीहरू मेरा मानिसहरू हुनेछौ। मैले तिमीहरूलाई दिएको आज्ञाअनुसार सबै मार्गहरूमा हिँड, ताकि तिमीहरूको भलो होस्। Viz kapitola |