यर्मिया 6:26 - पवित्र बाइबल26 मेरा मानिसहरू हो! दु:ख प्रकट गर्ने पोषाक लगाऊ, अनि खरानीमाथि लडी-बडी गर। यस्तो प्रकारले विलाप गर कि, मानौं तिम्रो भएको एउटै मात्र बालक मरेको छ, किनभने विनाश अतिशीघ्र हामीमाथि आउनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 हे मेरा प्रजा, भाङ्ग्रा लगाओ, र खरानीमा लड़ीबड़ी गर। एकमात्र छोराको लागि विलाप गरेझैँ शोक गर। किनकि विनाश गर्ने एक्कासि हामीमाथि आइलाग्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 परमप्रभु आफ्ना प्रजालाई भन्नुहुन्छ, “भाङ्ग्राका लुगा लगाओ र खरानीमा लडीबडी गर। एउटै मात्र छोरोको निम्ति विलाप गरेझैँ बेसरी विलाप गर किनभने तिम्रो विनाश गर्नेले अचानक हमला गर्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 हे मेरा मानिसहरू हो, भाङ्ग्रा लगाओ; अनि खरानीमा लडीबुडी गर। एक मात्र छोराका निम्ति विलाप गरेझैँ शोक गर; किनकि विनाशकारी हामीमाथि अचानक आइलाग्नेछ। Viz kapitola |