यर्मिया 6:11 - पवित्र बाइबल11 यसकारण म परमप्रभुको क्रोधले भरिएको छु। म त्यसलाई लिएर थाकिसकेको छु। “परमप्रभुको क्रोध गल्लीहरूमा खेलिरहेका नानीहरूमाथि पोखाऊ। जवानहरूमाथि परमेश्वरको क्रोध खन्याऊ। लोग्ने-स्वास्नी एकै साथ सबै पक्राऊ पर्नेछन्। सबै बूढा-पाकाहरू पक्राऊ पर्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तर परमप्रभुको क्रोधले म भरिपूर्ण भएको छु। म अब त्यो थाम्न सक्दिनँ। “सड़कहरूमा केटाकेटीहरूमाथि र भेला भएका जवानहरूमाथि पनि त्यो खन्याइदे। पति र पत्नी दुवै र बुढापाकाहरू र उमेरले दबेकाहरू सबै त्यसभित्र समातिनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 परमप्रभु, तपाईंको तिनीहरूमाथि जुन क्रोध छ, त्यो मभित्र पनि बल्दछ। अब म त्यो थामेर राख्न सक्दिनँ।” तब परमप्रभुले मलाई भन्नुभयो, “त्यो मेरो क्रोध बाटामा भएका केटा-केटीहरू र युवाहरू भेला भएका ठाउँमा खन्याइदे। लोग्ने-स्वास्नीहरू सबै लगिनेछन्, बुढापाकाहरू पनि छोडिनेछैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 यसकारण म याहवेहको क्रोधले भरिएको छु; अनि म यसलाई थामिराख्न सक्दिनँ। “यसलाई सडकमा भएका केटाकेटीहरू र एकसाथ भेला भएका जवान मानिसहरूमाथि; पति र पत्नी दुवै, र वृद्धहरूमाथि खन्याइदेओ। Viz kapitola |