Online Bible

- Reklamy -




यर्मिया 52:7 - पवित्र बाइबल

7 शहरको पर्खालमा प्वाल बनाएको थियो। यरूशलेमका सेना भागे। तिनीहरूले शहर राता-रात त्यागे। राजाको बगैंचाको दुइ पर्खालहरूको माझको प्रवेशद्वारबाट तिनीहरू गए। अहिले बाबेलीहरूले शहरलाई घेरेका थिए। तिनीहरू आराबातिर भागे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तब सहरको पर्खाल भत्‍काइयो, र जम्‍मै सेना भागे। बेबिलोनीहरू सहरका वरिपरि थिए तापनि राजाका बगैँचाको नजिकका दुई पर्खालको बीचमा भएको ढोकाबाट भएर राती तिनीहरू भागे। तिनीहरू अराबातिर भागे,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 बेबिलोनीहरूले सहरका पर्खाल तोडे। तिनीहरूले सहर घेरेर राखेका भए पनि राती सबै यरूशलेमका सिपाहीहरू निस्‍केर बाहिर भागे। तिनीहरू राजाका बगैँचाबाट भएर दुई पर्खालबीच भएको फाटकबाट निस्‍के र यर्दनको बेसीतर्फ लागे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तब सहरको पर्खाल भत्काइयो; अनि यरूशलेमका सम्पूर्ण सेनाहरू भागेर गए। बेबिलोनीहरूले सहरलाई घेरेर राखेको भए तापनि तिनीहरूले राजाको बगैँचाको छेउका दुई पर्खालको बीचमा भएको मूलढोकाबाट भएर राति नै सहरलाई छोडेर भागे। तिनीहरू अराबातिर भागे;

Viz kapitola kopírovat




यर्मिया 52:7

Následuj nás:

Reklamy


Reklamy