यर्मिया 52:25 - पवित्र बाइबल25 तिनले यरूशलेममा भेटिएका राजाका सेनाहरूका अफिसर अनि राजाका सातजना सल्लाहकारहरूलाई पनि लगे। तिनले अधिकारीहरूका सचिव जसले मानिसहरूको नाउँ सेनामा लेखाउँथे तिनलाई, त्यस ठाउँमा भेटिएका मानिसहरू र शहरमा भेटिएका साठ्ठी जना पुरूषहरूलाई पनि लगे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 सहरमा अझै रहेकाहरूमा सिपाहीहरूमाथि खटिएका एक जना अधिकृत र राजाका सात जना सल्लाहकारहरूलाई उनले लगे। देशका मानिसहरूलाई सेनामा भर्ना गर्ने मुख्य अधिकृत-सचिव र सहरमा भेट्टाइएका तिनका साठी जना पुरुषलाई पनि उनले लगे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 सहरबाट उनले फौजका अधिकृत, बाँकी रहेका सात जना राजाका सल्लाहकारहरू र फौजी कागत-पत्र राख्ने उनका सहायक र अरू साठी जना मुख्य मानिसहरूलाई पनि लिएर गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 सहरमा अझ रहेकाहरूमध्ये तिनले लडाकु मानिसहरूका अधिकृत र सात जना राजकीय सल्लाहकारहरूलाई पनि लगे। तिनले देशका मानिसहरूलाई सेनामा तयार गर्ने प्रमुख अधिकारी प्रधान सचिवसहित, सहरमा भेट्टाइएका साठी जना मानिसहरूलाई पनि लगे। Viz kapitola |