यर्मिया 51:9 - पवित्र बाइबल9 हामीले बाबेललाई निको पार्ने कोशिश गर्यौ, तर त्यो निको हुन सकेन, यसकारण हामीले त्यसलाई छोडौं अनि हामी आफ्नै देशमा जाऊँ। किनभने उहाँको न्याय स्वर्ग पुग्नेछ, अनि बादलसम्म पुग्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 “‘हामीहरूले बेबिलोनलाई निको पार्नेथियौं, तर त्यो निको हुन सक्दैन। त्यसलाई छोड़िदियौं, र हामी आ-आफ्नो देशमा गइहालौं। किनकि त्यसको इन्साफ आकाशसम्मै पुगेको छ, यो बादलसम्मै अग्लो उठेको छ’। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 त्यहाँ बास गर्ने विदेशीहरूले भने, ‘हामीले बेबिलोनलाई सहायता गर्ने चेष्टा गर्यौं तर ढीलो भइसकेको रहेछ। अब त्यसलाई छोडिराखेर आ-आफ्ना घर जाऔँ। परमेश्वरले आफ्ना सम्पूर्ण शक्तिले बेबिलोनलाई दण्ड दिएर त्यसलाई पूरै नाश गर्नुभएको छ’।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 “हामी बेबिलोनलाई निको पार्नेथियौँ, तर त्यो निको हुन सक्दैन; त्यसलाई छोडिदियौँ र हामी आ-आफ्नो देशमा जाऔँ; किनकि त्यसको दण्ड आकाशसम्म पुगेको छ, त्यो स्वर्गसम्मै चुलिएको छ। Viz kapitola |