यर्मिया 51:7 - पवित्र बाइबल7 बाबेल परमेश्वरको हातमा एक सुनको कचौरा थियो। बाबेलले सारा पृथ्वीलाई मतायो। सारा जाति-जातिहरूले बाबेलको मद्धपान गरे। यसकारण तिनीहरू पागल भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 बेबिलोन परमप्रभुको हातमा एउटा सुनको कचौरा थियो। त्यसले सारा संसारलाई मत्त्यायो। जाति-जातिहरूले त्यसको दाखमद्य पिए, र त्यसैकारण उनीहरू बौलाहा भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 बेबिलोन मेरो हातमा एउटा सुनको कचौराझैँ थियो, जसले सारा संसारलाई मताएको थियो। जाति-जातिले त्यसबाट दाखमद्य पिए र बौलाहाझैँ भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 बेबिलोन याहवेहको हातमा एउटा सुनको कचौरा थियो; त्यसले सारा पृथ्वीलाई मतायो। राष्ट्रहरूले त्यसको मद्य पिएका छन्; यसकारण अहिले तिनीहरू पागल भएका छन्। Viz kapitola |