यर्मिया 51:58 - पवित्र बाइबल58 सेनाहरूका परमप्रभु भन्नुहुन्छ: “बाबेलको बाक्लो, बलियो पर्खाल झारिनेछ। उसको अग्लो प्रवेशद्वारहरू जलाइनेछ। बाबेलका मानिसहरू व्यर्थमा कठोर परिश्रम गर्दछन्। जाति-जातिहरूको परिश्रम खाली आगोको लागि हुनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण58 सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “बेबिलोनको चौड़ा पर्खाल सम्म पारिनेछ, र त्यसका अल्गा मूल ढोकाहरू आगोले जलाइनेछन्। मानिसहरू व्यर्थमा आफूलाई थकित तुल्याउँछन्। जाति-जातिका परिश्रम ज्वालाको निम्ति इन्धन मात्र हुन्छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल58 बाबेलका बलिया पर्खालहरू भूइँमा रास भए र त्यसका अग्ला मूल-ढोकाहरू आगोले भस्म भए। जाति-जातिका सबै काम व्यर्थै भए; तिनीहरूका परिश्रमहरू आगोको ज्वालामा भस्म भए। म सर्वशक्तिमान् परमप्रभु बोलेको छु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण58 सेनाहरूका याहवेह भन्नुहुन्छ: “बेबिलोनको चौडा पर्खाल समतल बनाइनेछ; अनि त्यसका अग्ला मूलढोकाहरूमा आगो लगाइनेछन्; मानिसहरू व्यर्थैमा थाकेर शिथिल हुन्छन्, र राष्ट्रको परिश्रमचाहिँ ज्वालाको निम्ति इन्धन मात्र हुनेछन्।” Viz kapitola |