यर्मिया 51:57 - पवित्र बाइबल57 म बाबेलका ज्ञानी मानिसहरू र मुख्य हाकिमहरूलाई मताईदिनेछु म राज्यपालहरू, हाकिमहरू र सिपाहीहरूलाई पनि दाखरसमा डुबाइ दिनेछु। तब तिनीहरू सबै सदा-सर्वदाका निम्ति सुत्नेछन् तिनीहरू कहिल्यै ब्यूँझिने छैनन्।” महाराजाले यी कुराहरू भन्नुभयो। उहाँको नाउँ सेनाहरूका परमप्रभु हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण57 म त्यसका पदाधिकारीहरू र बुद्धिमान् मानिसहरूलाई, त्यसका राज्यपाल र अधिकृतहरूलाई र योद्धाहरूलाई पनि मतवाला बनाउनेछु। तिनीहरू सदाको निम्ति निदाउनेछन्, र बिउँझनेछैनन्,” महाराजा, जसको नाउँ सर्वशक्तिमान् परमप्रभु हो, उहाँ भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल57 म त्यसका शासकहरूलाई मताउँछु, ज्ञानी मानिसहरू, अगुवाहरू र सिपाहीहरूलाई पनि तिनीहरू निद्रामा पर्नेछन् र कहिल्यै बिउँझदैनन्। म राजा सर्वशक्तिमान् परमप्रभु बोलेको छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण57 म तिनीहरूका अधिकारीहरू, बुद्धिमान् मानिसहरूलाई मताइदिनेछु; त्यसका राज्यपालहरू, अधिकारीहरू र योद्धाहरू समेतलाई मताइदिनेछु; तिनीहरू सदाको निम्ति निदाउनेछन् र कहिल्यै पनि उठ्नेछैनन्,” राजा घोषणा गर्नुहुन्छ, “जसको नाम सेनाहरूका याहवेह हो।” Viz kapitola |