यर्मिया 51:44 - पवित्र बाइबल44 म बाबेलको बाललाई दण्ड दिनेछु। उसले जे-जे निलेको छ त्यसलाई उल्टी गराउँछु। बाबेलमा जाति-जातिहरूका मानिसहरू अब उसो आउने छैनन्। बाबेलको पर्खाल ढल्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण44 म बेबिलोनमा बेललाई दण्ड दिनेछु, र त्यसले निलेका कुरा म त्यसलाई नै मुखबाट बान्ता गर्न लाउनेछु। जातिहरू फेरि कहिल्यै त्यसकहाँ ओइरिनेछैनन्, र बेबिलोनको पर्खाल ढल्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल44 बेबिलोनको बाल देवतालाई म दण्ड दिनेछु र त्यसले लुटेका थोकहरू छोड्न लाउनेछु। जाति-जातिहरू फेरि त्यहाँ ताँती लगाई त्यसलाई पुज्न जानेछैनन्। “बेबिलोनका पर्खालहरू भत्केका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण44 म बेबिलोनमा बेललाई दण्ड दिनेछु; अनि त्यसले जे निलेको छ, त्यो बान्ता गर्न लगाउनेछु। फेरि राष्ट्रहरू ताँती लगाएर आउनेछैनन्, र बेबिलोनको पर्खाल ढल्नेछ। Viz kapitola |