यर्मिया 51:27 - पवित्र बाइबल27 “भूमिमा युद्धको झण्डा उठाऊ। सबै जाति-जातिहरूमा युद्धको तुरही फुक। जातिहरूलाई बाबेलको विरूद्ध लडाइँ गर्नलाई तैयार पार। अरारत, मिन्नी र अशकनज राज्यहरूलाई बाबेलको विरूद्ध लडाइँ गर्न डाक। उसको विरोधमा सेना संचालन गर्न एकजना कप्तान नियुक्त गर। संख्यामा सलहसरह घोडाहरू त्यहाँ पठाऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 “देशमा एउटा झन्डा खड़ा गर! जाति-जातिहरूका बीचमा तुरही बजाओ! त्यसको विरुद्धमा युद्ध गर्नलाई जातिहरूलाई तयार गर। यी राज्यहरूलाई बेबिलोनको विरुद्धमा बोलाओ— आरारात, मिन्नी र अशकनज। त्यसको विरुद्धमा एउटा सेनापति नियुक्त गर, सलहहरूका झुण्डझैँ घोड़ाहरू पठाओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 “हमला गर्न सङ्केत देओ! जाति-जातिले सुन्ने गरी तुरही फुक! बेबिलोनका विरुद्धमा लडाइँ गर्न ती जातिहरूलाई तयार पार! आरारात, मिन्नी र अशकनज राज्यहरूलाई आक्रमण गर्न भन। लडाइँ अघि बढाउन एउटा सेनापति खटाओ। सलहका बथानसरि घोडाहरू लिएर आओ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 “देशमा एउटा झण्डा उठाओ! राष्ट्रहरूका बीचमा तुरही बजाओ! त्यसको विरुद्धमा लडाइँको निम्ति राष्ट्रहरूलाई तयार पार; यी राज्यहरूलाई त्यसको विरुद्धमा आक्रमण गर्नलाई बोलाओ: अरारात, मिन्नी र अश्कनजलाई बोलाओ। त्यसको विरुद्धमा एउटा सेनापति नियुक्त गर; सलहको बथानझैँ घोडाहरूलाई पठाओ। Viz kapitola |