Online Bible

- Reklamy -




यर्मिया 50:9 - पवित्र बाइबल

9 म उपद्रव मच्चाउनेछु र उत्तरबाट धेरै जातिहरू ल्याउनेछु। यी जातिहरूको समूह बाबेलको विरूद्ध युद्ध लड्न अघि आउनेछन्। तिनीहरूले बाबेललाई आफ्नो अधीनमा पार्नेछन्। तिनीहरूको काँड सिपालु लडाकुहरू झैं छन् र एउटै काँड पनि व्यर्थ जाँदैन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 किनकि म उत्तरको देशबाट ठूला जातिहरूको एउटा मित्रराष्‍ट्रको दललाई बेबिलोनको विरुद्धमा सुर्‍याउनेछु। उनीहरूले त्‍यसको विरुद्धमा युद्धको लागि तयार गर्नेछन्, र उत्तरबाट त्‍यसलाई लिनेछन्‌। उनीहरूका काँड़ निपुण योद्धाहरूजस्‍तै हुनेछन्, जो रित्तो हात फर्कंदैनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 म उत्तरका बलिया जातिहरूको एक दललाई सुर्‍याएर बेबिलोनमाथि हमला गर्न लाउनेछु। तिनीहरू त्‍यस देशको विरुद्धमा युद्ध गर्न खडा हुनेछन् र त्‍यसलाई जित्‍नेछन्। तिनीहरू सिपालु शिकारीहरू हुन्। तिनीहरूले काँड छोडेपछि निशाना चुकाउँदैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 किनकि हेर, म उत्तरको देशबाट महान् जातिहरूको जमातलाई सुर्‍याएर बेबिलोनको विरुद्धमा ल्याउनेछु। तिनीहरू त्यसको विरुद्धमा युद्धको निम्ति तयार हुनेछन्; अनि उत्तर दिशाबाट त्यसलाई कब्जा गर्नेछन्। तिनीहरूका काँडहरू सिपालु योद्धाहरूजस्ता हुनेछन्, जो रित्तो हात फर्कँदैनन्।

Viz kapitola kopírovat




यर्मिया 50:9

Následuj nás:

Reklamy


Reklamy