यर्मिया 50:42 - पवित्र बाइबल42 तिनीहरूका सेनाहरूसँग धनुहरू र भालाहरू छन्। सिपाहीहरू निष्ठूर छन्। तिनीहरूमा दया छैन। सैनिकहरू घोडाहरूमा चढेर आउनेछन् अनि तिनीहरूको अवाज समुद्रको गजर्न जस्तै छ। तिनीहरू तिम्रो विरूद्धमा युद्ध गर्न तैयारभई पंक्तिमा बसेका छन। हे बाबेलकी छोरी। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण42 उनीहरू धनु र भालाले सुसज्जित छन्। उनीहरू कठोर र निर्दयी छन्। उनीहरू घोड़ाहरूमा सवार भएर आउँदा समुद्र गर्जेझैँ गर्जन्छन्। हे बेबिलोनकी छोरी, तँलाई आक्रमण गर्नलाई लड़ाइँको लागि पङ्क्ति बाँधेर आएका मानिसहरूजस्तै ती आउँछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल42 तिनीहरूले धनु र तरवारहरू लिएका छन्। तिनीहरू कठोर र निर्दयी छन्। घोडाहरू चढेर जाँदा समुद्र गर्जेजस्तै तिनीहरूको आवाज गर्जन्छ। तिनीहरू बेबिलोनको विरुद्ध लडाइँ गर्न तयार छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण42 तिनीहरू धनु र भालाहरूले सुसज्जित छन्; तिनीहरू निष्ठुर र निर्दयी छन्। तिनीहरू आ-आफ्ना घोडाहरूमा सवार गर्दा तिनीहरूको घोडसवारको आवाज समुद्रको गर्जनझैँ सुनिन्छ; हे बेबिलोनकी छोरी, तिनीहरूले तिमीहरूलाई आक्रमण गर्न आउँदा लडाइँको मोर्चा बाँधेर तिनीहरू मानिसहरूझैँ आउनेछन्। Viz kapitola |